Logo

ओलीले देउवालाई हात जोड्दै भनेः प्लिज मेरा पार्टीका केही मान्छेलाई मन्त्री दिनुहोस्



काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना दलका केही मान्छेहरु सरकारमा जान लालायित भएकाले मन्त्री दिन आग्रह गरेका छन् । उनले प्रतिनिधि सभामा बोल्दै व्यङ्ग्य गर्दै छिट्टै मन्त्री दिन आग्रह गरेका हुन् ।

‘मेरा पार्टीका केही मान्छे पाउँला र खाउँला भनी तपाईंको पछि लागेका छन्,’ ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई हात जोड्दै भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू प्लिज मन्त्री दिनुहोस् न !’

मन्त्री बन्नका लागि एमालेका केही नेताहरु विहान बेलुका देउवा कहाँ धाइरहेको टिप्पणी समेत गरे । उनले भने,‘पछि लागाइसक्नुभयो फ्याँ फ्याँ गरेका छन्, चाकडीमा विहान बेलुका धाएका छन् मन्त्री बनाइदिनुहोस् । अलि अलि घाटा सहुँला !’

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी छन् । उनीसहित २२ एमाले सांसदले विश्वासको मत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्