काठमाडौं, २६ साउन । बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौंमा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बाइएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २८ गते (बिहीबार)बाट लागु हुनेगरी निषेधाज्ञा थप गरेको हो । पुरानो नियम आदेशलाई यथावत राख्दै निषेधाज्ञा थप गरेको हो ।