Logo

साउन २८ गतेदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाउने



काठमाडौं, २६ साउन । साउन २८ गतेदेखि (बिहीबार) राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन संचालन गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

राति ८ बजेदेखि निजी र सार्वजनिक दुर्व सवारी साधन चलाउने नदिने बैठकले निर्णय गरेको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने भएका छन् । बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौंमा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बाइएको छ । पुरानो नियम आदेशलाई यथावत राख्दै निषेधाज्ञा थप गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्