Logo

पर्यटन पुनरुत्थानका लागि १२ सङ्घसंस्थाका नौ बुँदे माग



काठमाडौं, साउन २७ । पर्यटनसँग सम्बन्धित १२ वटा सङ्घसंस्थाहरूले कोभिड–१९ का कारण शिथिल बनेको पर्यटन क्षेत्र बचाउन पुनरुत्थानका लागि आवश्यक कदम तत्काल चाल्न आग्रह गरेका छन् । ती सङ्घसंस्थाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नौ बुँदे माग प्रस्तुत गरेका छन् ।

त्यसरी माग गर्ने सङ्घसंस्थाहरूमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), होटल सङ्घ नेपाल, टे«किङ एजेन्सिज अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएसन अफ (याफ्टिङ एजेन्सिज, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, टुरिस्ट बस एसोसिएसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, हिमालय उद्धार सङ्घ, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल र पाटा नेपाल च्याप्टर रहेका छन् ।

मागअनुसार आर्थिक वर्ष २०७८/७९ का बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमहरू यथाशीघ्र लागू गर्र्ने, पर्यटन सेवाप्रदायक व्यवसायी तथा कामदार, कर्मचारीहरूलाई एवं सरोकारवालालाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था ३० दिनभित्र हुनुपर्ने, सम्पूर्ण नेपालीलाई कोभिडविरुद्ध खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुल्ला गर्नुपर्ने रहेका छन् ।

त्यस्तै, खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरूमा पीसीआर जाँचको व्यवस्था गरी पोजिटिभले मात्र क्वारन्टाइन बस्नुपर्ने व्यवस्था गर्न पनि माग छ ।
नेपालमा पर्यटक आउने सबै देशरसहरमा भिसा जारी गर्ने निकाय नरहेकाले पर्यटकको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा (ई–भिसा) सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नुका साथै फ्री भिसाको कार्यान्वन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटलरएजेन्टमार्फत मात्रै भ्रमण गर्न पाउनुपर्ने व्यवस्था लागू गर्न पनि माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्