Logo

मेस्सीले पीएसजीबाट ७० मिलियन युरो पारिश्रमिक पाउने



काठमाडौं, साउन २७ । विश्व फुटबलमा सुपरस्टारका रुपमा चिनिने फुटबल खेलाडी लियोनल मेस्सी यो सिजनमा नयाँ क्लब र नयाँ जर्सीमा देखिने भएका छन् ।

आफ्नो अमूल्य समय बार्सिलोनामा बिताएर सबै ठूला प्रतियोगिता सो क्लबको जर्सीमा जितेका मेस्सीको अबको यात्रा पीएसजीसँग जोडिएको छ ।

उनी मंगलबार पेरिस पुग्ने बेला हजारौं शुभचिन्तकहरुले स्वागत गरेका थिए । मेस्सीले पीएसजीसंग दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मेस्सीले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक पाउँने छन् ।

मेस्सीले बार्सिलोनाका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्स उपाधी जिताएका छन्। उनले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६ सय ७२ गोल गरेका थिए।

मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा बार्सिलोनाको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot