Logo

मानुषी लघुवित्तको ३ लाख कित्ता आईपीओ आजदेखि बिक्रि खुल्ला



काठमाडौं, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने भएको हो ।

संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदकले आईपीओमा छिटोमा साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त समयमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्