Logo

नेप्सेद्वारा दुई ठुला बैंकको ऋणपत्र सुचिकृत



काठमाडौं, २७ साउन । कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचिकृत गरेको छ । नेप्सेको अनुसार नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता र कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

नेपाल बैंकले गत वैशाख २२ गतेदेखि १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

त्यस्तै, कृषि विकास बैंक लिमिटेडको ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्