Logo

मानुषी लघुवित्तको आइपिओः १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने



काठमाडौं, साउन २७ । मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीको आइपिओ साउन ३१ गतेसम्म भर्न सकिने छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो। जसमध्ये लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याईएको छ भने बाँकी कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएको हो ।

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ।



प्रतिक्रिया दिनुहोस्