Logo

ऋषि धमलाको कार्यक्रममा ‘एमाले नेताहरुबीच आरोप-प्रत्यारोप’ (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहकी नेतृ रचना खड्काले आफूहरुले संसद्को पूर्ण कार्यकालको रक्षा र संविधानको रक्षाकोलागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको र संसद्मा विश्वासको मत दिएको स्पष्ट पारिन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमालसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘हामीले यो कदम चाल्दा कुनै उल्लासका साथ गरेका थिएनौं । केपी ओली त संसद् विघटनको पक्षमा हुनुहुन्थ्यो । र, देउवा त संसद् पूनःस्थापनाको पक्षमा हुनुहुन्थ्यो ।’

उता, अध्यक्ष केपी शर्मा ओलीनिकट नेता तथा सांसद सूर्य पाठकले अब पार्टी एकताको सम्भावना कमजोर हुँदै गएको स्पष्ट पारेका छन् । उनले कार्यदलले गरेको दश बुँदे सम्झौतालाई नै आधार बनाएर एकता गर्न सकिने विश्वास दिलाए । उनले भने,‘१० बुँदेमा अहिलेपनि केपी ओली अडिग हुनुहुन्छ ।’

उता, नेतृ खड्काले पनि एकताको प्रस्थानविन्दु हुने स्विकारिन् । माधव नेपालले पनि उक्त दश बुँदालाई एकताको लागि सुरुवाती आधार हो भनेर भनेको पनि उनले सुनाईन् । । तर, नेता नेपालले पार्टी विधानसम्मत तवरले हिँड्नुपर्ने र संसद्को पूरा कार्यकालको सुनिश्चित्ता खोजेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot