Logo

टिभिएसको सवारी साधनको किस्ता अबदेखि खल्तीबाट तिर्न सकिने



काठमाडौं, २७ साउन । अबदेखि खल्तीबाट टिभिएसको सवारी साधनको किस्ता तिर्न सकिने भएको छ । अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

जगदम्बा मोटर्सको अनुसार डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न यो सुविधा ल्याएको हो । खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भएसँगै ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन् ।

ग्राहकहरुको सहजताका लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ । जसमार्फत ग्राहकहरुले युनियन पेसँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot