Logo

इन्फ्रास्ट्रक्चर बैंकले गर्यो वोन्डर्स ग्रुपसँग लगानी सम्झौता 



काठमाडौं, २७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ ।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको पूर्वाधारहरु रहने बताइएको छ । मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकार्षित गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot