Logo

तरुण दलको जिल्ला सभापतिहरुलाई कोरोना महामारीबाट क्षति हुन नदिन पुर्वतयारी गर्न परिपत्र जारी



काठमाडौं, २७ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सबै जिल्ला सभापतिहरुलाई कोरोना महामारीबाट क्षति हुन नदिन पुर्व तयारी गर्न परिपत्र जारी गरेको छ ।

तरुणदलले आज कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा देखा परेको भन्दै अघिल्ला भेरियन्टमा जस्तो मानविय क्षति हुन नदिनको लागि पुर्व तयारी गर्न परिपत्र जारी गरेको हो ।

‘कोभिड–१९ कोरोना भाइरसविरुद्धको देशभर ७७ जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने ।’ अध्यक्ष जित जङ्ग बस्नेतद्वारा जारी परिपत्रमा भनिएको छ,

खोप केन्द्रसम्म पुग्न नसकेको लक्षित वर्गलाई खोपकेन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्न समेत परिपत्रमा उल्लेख गरिएको छ ।

लामो दुरीका सवारी साधनलाई सरक्षित र व्यवस्थित बनाउनको लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने परिपत्रमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्