Logo

विधिबिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : कोइराला



काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले केन्द्रबाट विधि विपरित थपिएका क्रियाशिल सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने धारणा राखेका छन् ।सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–”तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न।”

पार्टी सभापति शेरबहादुर देउवा भने अहिले आफूनिकट नेताहरुसँग आन्तरिक छलफलमा छन् । महाधिवेशन सार्नेबारे अन्तिम निर्णय लिनेगरि उनी छलफलमा जुटेका हुन् । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै पक्षले आ–आफ्नो समूहको बैठकको आयोजना गरेका छन् । अहिले काठमाडौंमा दुवै समूहका जिल्ला सभापतिहरुको भेलासमेत भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्