काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले नियुक्ती पत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पुगेर घिसिङले नियुक्ती पत्र बुझेका हुन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले आजै पदबहाली गर्ने जनाए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम