Logo

बिधिको शासनको उपहास गर्दा ओली बालुवाटारबाट बालकोट पुगेः कांग्रेस नेता सिंह



काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र बिधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगेको बताएका छन् । आज भक्तपुरको मध्यपुर नगरपालिका वडा नं ३ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिहले जनताले दिएको म्यान्डेटको अपमान गरेर मनै विधि मनै कानु मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भएको भन्दै संविधान र कानुन भन्दा माथि कोही पनि नहुने कुरा बताएका हुन् ।

नेता सिंहले ओलीमा बढेको अंहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिम ले अघि बढेको भन्दै ओलीमा भनाई र गराई फरक रहेको जिकिर गरे ।

आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्न समेत आग्रह गर्दै मनै सबथोक मैले बोलेपछि, मैले भनेपछि किन नहुने भनेकै कारण झन्डै दुईतिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको कुरा बाट सबैले पाठ सिक्नु पर्ने नेता सिहको भनाई रहेको छ ।

समयको माग र जनचाहाना अनुरुप विधि प्रक्रिया बाट नचल्दाको परिणाम ओली सरकारको बर्हिगमन रहेकाले यो कुरामा सबै राजनीतिक दल गम्भीर बनेर आगामी दिनमा अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

वडा कार्यालय भवनको उदघाटन गर्दै नेता सिहले जनप्रतिनिधि जनता र मुलुक प्रति उत्तरदायी हुनु पर्ने भन्दै जन प्रतिनिधिले गर्ने व्यवहार लाई नागरिकले उच्च महत्वको साथ हेरिरहेका हुनाले जन प्रतिनिधिको गतिविधिले जनताको राजनीति कर्मि माथिको धारणा बन्ने भन्दै अहिले नागरिकहरुमा राजनीतिप्रति छाएको निरासा चिर्ने गरि काम गरेर देखाउन पर्ने बेला भएको समेत उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्