Logo

पिएसजीमा आवद्ध भएपछि मेस्सीले भने–‘पेरिसको मैदानमा खेल्न हतारिएको छु’ (फोटोफिचर)



काठमाडौं, २७ साउन । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी फ्रेन्च क्लब पिएसजीमा आवद्ध भएका छन् । उनी पिएसजीमा दुई वर्षको लागि अनुवन्ध भएका छन् । हिजोमात्रै मेस्सी बार्सिलोनाबाट पेरिस पुगेका हुन् । बार्सिलोनाको विमानस्थलमा हजारौं समर्थकहरु भेला भएका थिए भने उता पेरिसमा पनि स्वागत गर्न त्यत्तिकै मात्रामा समर्थकहरु भेला भएका थिए ।

दुई वर्षको लागि सम्झौता गरेका मेस्सीले तेस्रो वर्ष पनि विकल्प प्रयोग गर्न सक्ने पिएसजीले जनाएको छ । पिएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउनेछन् ।
पिएसजीमा आवद्ध भएसँगै मेस्सीले भनेका छन्,‘म मेरो करिअरको नयाँ पाटो पेरिसबाट सुरु गर्न उत्साहित छु । यो क्लबको लक्ष्य मेरो उद्देश्यसँग मिलेको छ, मलाई थाहा छ यहाँ क्षमतावान खेलाडी र अफिसियलको कमी छैन । उनीहरुसँगै काम गरेर सकारात्मक परिवर्तनका लागि मेरो प्रयास हुनेछ । पेरिसको मैदानमा खेल्नका लागि म हतारिएको छु ।’

उता, पीएसजीका अध्यक्ष नसर अल खेलाइफीले मेस्सीले पेरिस सेन्ट जर्मेइनलाई नै रोजेको भन्दै खुशी व्यक्त गरेका छन् र आफू धन्य भएको प्रतिक्रिया दिएका छन् । पिएसजीमा आवद्ध भएपछि मेस्सीले अहिले केहीबेरमा क्लबले आयोजना गर्ने पत्रकार सम्मेलनमा बोल्दैछन् ।

तस्विर साभार : पिएसजीको वेबसाईट

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot