Logo

चितुवाको छाला सहित २ जना पक्राउ



पाल्पा, २७ साउन । चितुवाको छाला सहित २ जना मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका(५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका ७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

उनीहरुलाई थप अनसुन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot