काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (मंगलबार) उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालय पगेर नियुक्ती पत्र बुझेका घिसिङले रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ । तस्बिरः प्रदीपराज वन्त/रासस