काठमाडौं, २७ साउन । नेप्सेमा आज झिनो अंकले बढ्दा १५ अर्ब बढीको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार २३० कम्पनीको १ लाख ३९ हजार २१८ पटक कारोबार भएर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ बराबरको २ करोड ७२ लाख ९८ हजार ६२४ प्रतिकित्ता शेयर किनबेच भएको हो ।
आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६८ करोड ३० लाख बढीको कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेको अनुसार अरुण कावेली पावर कम्पनीको ५६ करोड १२ लाख, अपि पावर कम्पनीको ५३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।