Logo

भारतमा पहिरो जाँदा २ को मृत्यु, ३० भन्दा बढी पुरिएको आशंका (भिडियोसहित)



एजेन्सी, २७ साउन । भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी पुरिएको आशंकामा उद्दार कार्य भइरहेको छ ।

हिमाञ्चलको किन्नर जिल्लामा सिमला गइरहेको बस पहिरोले पुरिएको पीटीआइले जनाएको छ । घटनामा यात्रुबससहित विभिन्न खालका सवारी साधन पुरिएका छन् । बसमा ४० भन्दा बढी यात्रु यात्रा गरिरहेको खुलेको छ ।

घटनामा बस चालकसहित १० जनाको उद्दार भएको छ । उद्दार कार्य भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot