Logo

कक्षपतीको बैंककमै दाहसंस्कार



काठमाडौं, २७ साउन । प्रतिष्ठित व्यवसायी को दाहसंस्कार बैंककमा भएको छ । क्यान्सरको उपचारका क्रममा सोमबार निधन भएका कक्षपतीको आज दाहसंस्कार भएको हो । उनको पार्थिव शरीरलाई छोरी नयनतारा कक्षपतीले दागवत्ती दिएकी थिइन् ।

परिवारका अनुसार शव ल्याउन कठिनाई भएपछि थाइल्यान्डमै दाहसंस्कार भएको हो । उनको सोमबार अपरान्ह उपचारका क्रममा निधन भएको हो । ७० वर्षीय कक्षपतीको पत्नी रानी गुरुङ्ग कक्षपती, एक छोरा र छोरी छन् ।

मुखको क्यान्सरको उपचार गराउँदै आएका उनी ४ महिना अघि बैंक लगिएका थिए । त्यहाँ उनको शल्यक्रिया भएको थियो । किमोथेरापी गराउँदै आएका कक्षपतीलाई निमोनिश्याम कक्षपतीया भएको थियो । क्यान्सरसँग लडेपनि उनी निमोनियासँग लड्न नसकेको परिवार स्रोतले जनाएको छ ।

श्याम कक्षपती नेपालमा क्याफे संस्कृतिको विकास गर्ने प्रतिष्ठित व्यापारी थिए । किशोरावस्थामा रत्नपार्कमा सामान्य पसलबाट अगाडि बढेका उनले क्याफे सूरु गरेका थिए । नाग्लो रेस्टुरेन्ट सुरु गरेर उनले ब्रान्ड बनाएका थिए ।

नाग्लो रेस्टुरेन्टको काठमाडौं उपत्यकाभित्र शाखा समेत छन् । उनले ट्याक्सी व्यवसायमा समेत सक्रियता बढाएका थिए ।

पर्यटन क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान छ । कुरिनटारमा रिभर साइट रिसोर्ट चलाए । शिक्षा क्षेत्रमा पनि कक्षपती सक्रिय भए । उनले शुभतारा स्कुल सञ्चालनमा ल्याए ।



प्रतिक्रिया दिनुहोस्