Logo

मलाई प्रचण्डले नै उपयुक्त मन्त्रालय दिने कुरा गर्नुभएको छ, म जुन मन्त्रालय दिएपनि चलाउन सक्छु : रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले आफूले मन्त्री बनाईदिनुपर्यो भनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कहिल्यै नभनेको स्पष्ट पारेका छन् । तर, अध्यक्ष प्रचण्ड आँफैले आफूलाई उपयुक्त मन्त्रालय दिने कुरा गरेको उनले खुलासा गरे ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, अध्यक्ष आँफैले बरु मलाई सक्षम मन्त्रालय र उपयुक्त मन्त्रालय दिने कुरा गर्नुभएको छ । मेरो दक्षता त कानूनमा हो । तर, अरु मन्त्रालयपनि चलाउन सक्छु । पढ्दै नपढेकोले जुन मन्त्रालय चलाएपनि हुने, अनि कानून पढेकाले अरु मन्त्रालय चलाउन नहुने ?” उनले अध्यक्ष दाहालसँग मात्रै नभएर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्