Logo

चेल्सीलाई युइएफए सुपरकप उपाधि



काठमाडौं, साउन २८ । युइएफए सुपरकप फाइनलको उपाधी चेल्सीले उचालेको छ । स्पेनिस क्लब भिल्ला रियललाई पराजित गर्दै चेल्सीले उपाधी उचालेको हो ।

नर्थन आयरल्याण्डको विन्डसोर पार्कमा आज बिहान सम्पन्न खेलमा चेल्सीले टाइब्रेकरमा भिल्ला रियललाई एक गोल अन्तरले पराजित गरेको हो । भिल्ला रियलले पाँच गोल गरेको थियो ।

पहिलो हाफमा १–० गोलले पछाडी परेको भिल्ला रियलले दोस्रो हाफको ७३औं मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो । भिल्ला रियलका जर्राड मोरेनोले गोलले खेल बराबरीमा आएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा चेल्सीले ६–५ गोलको अन्तरले भिल्ला रियललाई पछिपार्दै युइएफए सुपरकपको ४६औं संस्करणको विजेता बनेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot