काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आजदेखि लागू हुनेगरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको हो । काठमाडौं उपत्यकामा कोभिड संक्रमण जोखिम बढेकाले प्रशासनले कडाइ गरेको हो ।
रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिए पनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक लगाईने छैन् । हाल उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ ।