काठमाडौं, २८ साउन । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चौथो त्रैमाससम्म ८२ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
कम्पनीको आज सार्वजनिक भएको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ४२ दशमलव ९६ प्रतिशत बृद्धि भएको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ४३ दशमलव ८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड भन्दा बढी भएको छ ।
चौथो त्रैमाससम्ममा कम्पनीको निक्षेप संकलन गत वर्ष भन्दा ५० दशमलव ६० प्रतिशत बृद्धि भई ६३ अर्ब ९० करोडभन्दा बढी भएको छ । ४८ दशमलव ६० प्रतिशत बृद्धि भई ५१ करोड ८० लाखभन्दा बढी कर्जा प्रवाह भएको विवरणमा उल्लेख गरिएको छ ।