Logo

कुमारी बैंकको खुद ब्याज आम्दानी ४६ प्रतिशतले बृद्धि



काठमाडौं, २८ साउन । कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७२ दशमलव ७४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष बैंकले १ अर्ब १५ करोड रुपैयाँले नाफा गरेको थियो ।

बैंकको वितरण योग्य नाफा हाल ९ करोड रुपैयाँ रहेको र यसै नाफाबाट यस वर्षमा लाभांश वितरण गर्ने भएको छ । यसैगरी, बैंकले ४६ दशमलव ५६ प्रतिशतले खुद ब्याज आम्दानी बढाउन सफल भएको छ ।

उता निक्षेप कर्जामा बैंकले २७ दशमलव ५८ प्रतिशतले बढाएको छ । त्यस्तै, बैंकले २४ दशमलव ६४ प्रतिशतले कर्जा विस्तार गरेको जनाएको छ । १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको कर्जा १ दशमलव ३९ प्रतिशतबाट घटाएर १ दशमलव ८ प्रतिशतमा झरेको छ । आधार ब्याजदर पनि ७ दशमलव ७९ प्रतिशतमा झारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot