Logo

राज कुन्द्रालाई धरौटीमा छाडे विदेश भाग्न सक्छः प्रहरी



काठमाडौं, २८ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रालाई प्रहरीले अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको अभियोगमा पक्राउ गरेको छ । राज हाल न्यायिक हिरासतमा छन् ।

उनले निरन्तर धरौटीमा छुट्न माग गर्दै अदालतमा निवेदन दिदै आएका छन् । यद्यपि अदालतले राजलाई धरौटीमा नछुटाउने आशय देखाएको छ । राज कुन्द्राले गरेको अनुरोधको बारेमा अदालतमा सुनुवाई हुँदा प्रहरीले राज विदेश जान सक्ने भन्दै धरोटीमा छाड्न नमिल्ने तर्क गरेको हो ।

सुनुवाइको क्रममा राजलाई छाड्न नहुने प्रहरीले अदालतमा बताएको छ । मुम्बई प्रहरीले राजको विरोध गर्दै भारतीय नागरिक नभएको पनि जानकारी गराएको थियो । बिदेश भागेपछि पछि समात्न मुस्किल पर्ने प्रहरीको भनाई छ ।

राज कुन्द्रासँग ब्रिटेनको नागरिकता भएकोले पनि प्रहरी डराएको हो । राजलाई मुद्दा लगाउने महिला धेरै गरीब रहेको भन्दै प्रहरीले राजलाई छाडेमा उनले सबै प्रमाण नष्ट गर्न सक्ने अनुमान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot