Logo

छोराको नामले ट्रोल भएकी करीनाको पक्षमा स्वरा भास्करले यस्तो भनिन्



एजेन्सी, २८ साउन । बलिउड अभिनेत्री करीना कपुर हाल सानो छोराको नामको कारण सामाजिक संजालमा सिकार भैरहेकी छिन् । करीनाले आफ्नो किताब ‘पे्रग्नेंसी बाइबल’ मा आफ्नो सानो छोराको नाम जहांगीर भएको उल्लेख गरेकी छिन् । उनले छोरालाई जेह को नामले बोलाउछिन् । यो किताबको एक तस्वीरको क्याप्सनमा करीनाको सानो छोराको नाम जहांगीर लेखिएको छ ।

तर, धेरै मानिसहरुले नाम मन नपराएपछि करीना सामाजिक संजालमा फेरी ट्रोल भएकी छिन् । केही सामाजिक प्रयोगकर्ताहरुले तेसोे सन्तानको नाम औरंगजेब नाम राख्नुपर्ने समेत प्रतिक्रिया दिएका छन् ।

यसै क्रममा करीनाको पक्षमा अभिनेत्री स्वरा भास्कर आएकी छिन् । उनले करीनालाई ट्रोल बनाउनेलाई जवाफ दिदै आफ्नो बच्चाको नाम राख्ने दम्पत्तिको अधिकार भएको आशय सहितको टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कुनै दम्पत्तिले आफ्नो बच्चाको नाम के राख्ने उनको कुरा हो, तपाई हामी दम्पत्ति त होइनौ नी । यस्ता मुद्दामा दिमाग किन चलाउने ।’

करीना र सैफले पहिलो सन्तानको नाम तैमुर राखेका छन् । उक्त नामले पनि सामाजिक संजालमा बबाल मच्चाएको थियो । करीना त्यत्ति बेला पनि सिकार भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot