
दाङ, २८ साउन । लागूऔषध सहित पक्राउ युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ दामोदर चोकबाट २ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय ईश्वर बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
रा.३ प ८७३७ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक बुढालाई पक्राउ गरेको हो ।