
काठमाडौं, २८ साउन । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार १६ अंकले बढ्दा १७ अर्बको शेयर कारोबार भएको छ । नेप्से आज १६ दशमलव ४१ अंकले बढेर ३१ सय ७९ उच्च विन्दु कायम भएको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ४६ अंकले बढेर ५९१ दशमलव १६ विन्दुमा थामिएको हो । आज २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटक कारोबार भएर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार ४६१ प्रतिकित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।