काठमाडौं, २८ साउन । साताको कारोबारको अन्तिम दिन आज १ लाख ५४ हजार ६६० पटक कारोबार भएर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार ४६१ प्रतिकित्ता शेयर किनबेच भएको छ ।
नेप्सेको अनुसार आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । १० प्रतिशतले शेयरमुल्य बृद्धि हुनेमा साइन रेसुङगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत कम्पनी र जीवन विकास लघुवित्त रहेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।