Logo

नेप्सेद्वारा बैंक अफ काठमाण्डूको ऋणपत्र सुचिकृत



काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सुचिकृत गरेको छ ।

नेप्सेले बैंकको ८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत गरेको जनाएको छ ।

आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको छ । आइतवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्