बुटवल, २८ साउन । सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष जीतेन्द्रनाथ शुक्ला बब्लुलाई जर्बजस्ती करणीको आरोप लागेको छ । एकजना महिलाको उजुरीको आधारमा बब्लु आज पक्राउ परेका छन् ।
बब्लुमाथि महिलालाई जर्बजस्ती गर्न खोजेको आरोप छ । उनी रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष हुन् । स्वतन्त्र हैसियतमा उम्मेदवार भएर गाउँपालिका अध्यक्ष जितेका उनी पछिल्लो समय सीके राउत नेतृत्वको जनमत पार्टीमा छन् । यसअघि उनी अन्य दलमा आवद्ध थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।