बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका हुन् ।
केसीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने बुझिएको छ । मन्त्रीका आकांक्षी धेरै भएकाले समस्या भएको छ ।
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता केसी गठबन्धनबाट बहुमतको दाबी पुगेपछि मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका सांसदले समर्थन गरेका छन् ।
यसैगरी, मुख्यमन्त्री केसीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले अर्को हप्ता नै विश्वासको मत लिने बुझिएको छ ।