Logo

लुम्बिनीमा को को मन्त्री



बुटबल, २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ६ जना मन्त्री नियुक्त गरेका छन् । उनीहरुको आज नै सपथ भइसकेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका सांसदमध्येबाट मन्त्री बनेकाहरुलाई सपथ गराएका हुन् ।

नेपाली काँग्रेसबाट ग्रामीण तथा शहरी विकासमन्त्रीमा डिल्ली चौधरी, माओवादीबाट आर्थिक मामिला मन्त्रीमा कृष्णध्वज खड्का, जसपाबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सहसराम यादवले सपथ लिएका छन् ।

विना विभागीय मन्त्रीका रुपमा अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले सपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्