काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहन सक्ने धैर्य भएको नेता भनेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपमान गर्दा पनि नेपालले सहेको भन्दै प्रशंशा गरेकी छिन् ।
‘ओलीजीले माधव नेपालजीको अपमान गर्नुभएको छ,’ सुजाताले प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा भनिन्, ‘म हुन्थे भने उहिल्यै पार्टी छाडिसक्थें र अर्को पार्टी खोलिसक्थें ।’ माधव नेपाललाई ओलीले नराम्रा शब्द प्रयोग गरेको भन्दै निन्दा गरिन् ।
ओलीले प्रधानमन्त्री हुँदा माधव नेपाललाई निकै विवादमा ल्याएर अपमान गरेको टिप्पणी गरिन् । उनले भनिन्, माधव नेपाललाई वाध्य बनाइएको छ । त्यस्तो अपमान गरेपछि माधव नेपाल कसरी एमालेमा बस्नुहुन्छ ?
माधव नेपालको समूह सरकारमा आउनुपर्नेमा उनको जोड थियो । विगतमा पनि आफ्नो नेता नेपालसँग सरकारमा काम गरेको अनुभव रहेको र धेरै सम्मान रहेको बताइन् ।