Logo

राप्ती नदिको बाढीमा चार घण्टासम्म तैरिएकी महिलाको सकुशल उद्दार



दाङ, साउन २९ । राप्ती नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार गरिएको छ ।

हिजो दिउँसो चार बजे गढवा गाउँपालिका ३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही नगरपालिका ४ बुटकौवा स्थित टापुबाट सकुशल उद्दार गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए।

ति महिलाको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । पौडन जानेकी ति महिला पानीमा टाउको नडुबाइ उत्तानो परेर तैरिएकी थिईन् ।

बाढीमा वेपत्ता भएकी चौधरी सकुशल फर्किने आशा आफन्तले मारिसकेका थिए । बाढीमा वेपत्ता भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्दारमा परिचालन भएका थिए । बुटकौवाको टापुबाट महिलाको उद्धार गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot