Logo

साहस उर्जाको आजदेखि ३५ लाख कित्ता आईपीओ विक्री खुला



काठमाडौं, २९ साउन । साहस उर्जा लिमिटेडले आजदेखि सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ ।
साउन २९ गतेदेखि शुक्रवार (आज) देखि कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यमा ३५ लाख कित्ता आईपीओ लागि विक्री गर्न लागेको हो ।

आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्