Logo

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, २९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो ।

कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्ताको लागि आवेदन दिन सकिन्छ । शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot