Logo

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, । साउन १९ गतेदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाले बिक्रिमा ल्याएको सस्थापक लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर पुनः लिलामीमा ल्याएको हो ।

पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता ५ सय ६ रुपैयाँ मुल्य तोकेको हुनाले बोलकबोल गर्दा तोकिएका मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर माग गर्न सकिने जनाइएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्