Logo

अफगानिस्तान सरकारले राख्यो तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव



एजेन्सी, २९ साउन । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव राखेको छ । आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको जनाइएको छ ।कतारमा रहेका सरकारी वार्ता टोलीका एक सदस्यले सत्ता सझोदारीको प्रस्तावबारे खुलासा गरेको जनाइएको छ ।

हालै तालिवान विद्रोहीले मुख्य शहरहरुमा कब्जा जमाएका छन् । रणनीति एवं सामरिक रुपले निकै महत्वपूर्ण मानिएका यी दुई शहर विद्रोहीको नियन्त्रणमा गएपछि राजधानी काबुल पनि विद्रोहीले कब्जामा लिने त्रास बढेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्