Logo

रानी मुखर्जीले ७ करोडमा नयाँ घर खरिद गरिन्



एजेन्सी, २९ साउन । बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले नयाँ घर खरिद गरेकी छिन् । उनले मुम्बईको खार बेस्टको रुस्मतजी पैरामाउन्ट कम्युनिटिमा ४ प्सल ३ बीएचको फ्ल्याट खरिद गरेकी हुन् ।

समाचार अनुसार रानीले यो घरको डिल ३१ मार्चमा फाइनल गरेकी थिइन् । उनको घर सम्पत्ति रजिष्ट्रिी १५ जुलाईमा भएको छ । रानीको नयाँ घर अर्पाटमेन्टको २२ औं फ्लोरमा रहेको छ । उनको घरबाट अरब महासागर राम्रोसंग देखिन्छ । जुन घर १४ सय ८५ स्कायर फिट कार्पेटमा बनेको छ । जसमा २ पार्किङ स्पट पनि छन् ।
रानीले यस फ्लोरलाई ७ करोड १२ लाख रुपैयाँमा खरिद गरेकी हुन् ।

यो अपार्टमेन्टमा रानी मात्र महंगो घर खरिद गर्ने अभिनेत्री भने होइनन् । दिशा पटानीले पनि सोही कम्प्लेक्समा घर खरिद गरेकी छिन् । यसको साथै क्रिक्रेटर हार्दिक पान्डे र उनका भाई कुणाल पान्डेले पनि यसै आपर्टमेन्टमा घर खरिद गरेका छन् ।

पछिल्लो समय रानी मुखर्जीको फिल्म ‘मर्दानी २’ हो । रानी अब चाडै नै अब सैफ अली खानको फिल्म ‘बन्टी और बबली २’ मा देखिने भएकी छिन् । यसको साथै उनी मिसेज चटर्जी वर्सेज नार्वे’मा पनि देखिने भएकी छिन् । यो फिल्मको सुटिङ विदेशमा भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot