Logo

बद्री पंगेनी र पुजा क्षेत्रीको आवाजमा शिव हमालको तीज गीत “मेरो मायालु” बजारमा



काठमाडौं, २९ साउन । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालु” बजारमा आएको छ । नारीहरुको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको हो ।

पंगेनी र क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई निर्देशन भने मोडल शंकर बि.सीले गरेका हुन् ।

राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेका म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त गीत “मेरो मायालु” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ ।   बहुचर्चित सर्जक शिव हमालका शब्द र रचना एकदमै पृथक र अलग पहिचान रहेको पाइन्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot