Logo

शिल्पा र उनकी आमामाथि करोडौ ठगी गरेको आरोप, सोधपुछ गर्दै प्रहरी



एजेन्सी, २९ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा हाल अश्लिल फिल्म बनाउने र बिक्रि गरेको अभियोगमा प्रहरीको हिरासतमा छन् ।
लखनउकी एक महिलाले शिल्पा र उनकी आमा सुनन्दा शेट्टीले करोडौ ठगी गरेको आरोप लगाएकी हुन् । महिलाले आरोप लगाएपछि शिल्पा र आमाको बारेमा प्रहरीले छानबिन गर्न सुरु गरेको छ । बुधबार दिउँसो प्रहरी शिल्पाको घरमा पुगेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ ।

लखनउकी ज्योत्सना चौहान र हजरतगंजमा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीविरुद्ध ठगी गरेको आरोप लगाउदै उजुरी दर्ता गराएका हन् । प्रहरीले सोधपुछको लागि दुवैजनालाई एक महिनाको सुचना जारी गरेको जनाइएको छ ।

आयोसिस स्लिमिंग स्कि सैलुन र स्पा वेलनेस सेन्टर को शाखा खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीले मानिसहरुसँग करोडौ ठगी गरेको उनीहरुमाथि आरोप लगाएका छन् । रकम ठगी गरेर ओपनिङमा समेत शिल्पा नगएको उनीहरुको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot