Logo

बालिका बलात्कार गर्ने युवक पक्राउ



सुनसरी, २९ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका ६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot