Logo

पेस्तोल सहित ३ जना पक्राउ



पर्सा, २९ साउन । १ थान पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १५ ब्रह्मचोकबाट १ थान पेस्तोल सहित ३ जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका १५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका ७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल रहेका छन् ।

सोही ठाउँस्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेका छन् सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरु माथि हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot