Logo

ब्राउनसुगरसहित २ जना पक्राउ



बाँके, २९ साउन । ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका ५ तुलसीपुर बजार बस्ने २६ वर्षीय जेनिस वली र सोही ठाउँ बस्ने २३ वर्षीय बिजय चौधरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot