Logo

प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना



काठमाडौं, २९ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आज नागस्थानको स्थापना गरी विधिवत रुपमा पूजा अर्चना गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्-

आज नाग पञ्चमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना गरि विधिवत रूप पूजा अर्चना गरेकी छु । किम्बदन्ती अनुसार यहाँको बगैंचा र पोखरीमा नाग र नागीनको बास रहेको भन्ने छ । पहिले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापाज्युकी धर्म पत्नीज्यूले यहाँ पूजा गर्नु हुन्थ्यो, तर त्यसपछि सो पूजाको चलनलाई निरन्तरता दिन नसकिएको कुरा बुझ्नमा आएको छ । यहाँ कार्यरथ पूर्व र वर्तमान कर्मचारीहरुले नाग र नागीनको दर्शन पाएको कुरा पनि बताउँछन । पहिले यहाँ बस्दा अहिलेको बगैचा भएको क्षेत्रमा निर्माण कार्य भैरहेकाले स्थापना गर्न सकिएन । नेपाल सरकारको योजना अनुसार भवन विकास योजना अन्तर्गत प्रधानमन्त्री निवासको आधुनिकीकरण सम्पन्न भई बगैचाहरु पनि तयार भएको छ । तसर्थ यहाँ नाग र नागीनी स्थानको स्थापना गरिएको छ। जय नाग देवता ।



प्रतिक्रिया दिनुहोस्

Screenshot