काठमाडौं, २९ साउन । नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन् । गत आईतबार सम्पन्न एपोनको २७औँ अधिवेशनबाट पाण्डे सर्वसम्मित रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा निर्वाचित भएका छन् । सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित भएका छन् । प्रत्येक दुई/दुई वर्षमा हुने एपोनको कार्यसमितिमा भने ६६ जना सदस्य छन् ।