Logo

भोजपुरी नायिका मधुको सेक्स भिडियो लिक



एजेन्सी, २९ साउन । भोजपुरी चलचित्रकी चर्चित नायिका त्रीसा कर मधुको सेक्स भिडियो लिक भएको छ । भिडियोमा उनी नग्न अवस्थामा देखिएकी छिन् । उनको साथमा एक पुरुष छन् । जो उनको केटा साथी खुलेको चर्चा छ ।

सामाजिक सञ्जालमा भाइरल भएको उनको सेक्स भिडियोबारे हिन्दीमा ट्वीट गर्दै ईश्वरले सधै हेरिरहेको लेखेकी छिन् । आफूलाई गिराउनका लागि गोप्य भिडियो भाइरल बनाएको लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘यदि तिम्रो बहिनी कसैसँग विवाह गरिन् र सुहागरातको भिडियो भाइरल बनाइदिए राम्रो हुन्छ हो ?’

उनले अगाडि लेखेकी छिन्, ‘विहारमा यस्ता घटिया मान्छे पनि छन् भन्ने थाहा थिएन ।

फेसबुक एकाउन्टमा पनि मधुले आक्रोश पोखेकी छिन् । उनले ‘भोजपुरी फिल्म उद्दोगमा कोहीपनि दुधले धोएको नभएको’ लेखेकी छिन् ।

२७ वर्षीया बँगाली मूलकी त्रीसा कर मधु बोल्ड भूमिकाका कारण चर्चित छिन् । साना स्क्रिनको हम हे हिन्दुस्तानी सिरियलबाट भोजपुरी चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनी पछिल्लो समय ठूला स्क्रिनमा पनि छाइरहेकी छिन् । दुल्हन गँगा पारके, जाने दुश्मन र मुक्कदर जस्ता चलचित्र प्रदर्शनमा आउँदैछन् ।



प्रतिक्रिया दिनुहोस्